सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ : सुवास नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

सबै राजनीतिक दल एकताबद्ध हुनुपर्छ : सुवास नेम्वाङ

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङले सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

उपनेता नेम्वाङले मुलुकलाई अघि बढाउन अझै पनि दलहरु एकैठाउँमा उभिनुपर्ने अवस्था रहेको बताए । गणेशमान सिंंहको जन्मजयन्तिको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र मधेशका जनतालाई अझै एकतावद्ध बनाएर अघि बढनुपर्ने आवश्यक्तामाथि जोड दिए ।

उपनेता नेम्वाङले गणेशमान सिंहले देखाएको बाटोबाट अघि बढ्ने हो भने सबै राजनीतिक दलहरुले एक ठाउँमा उभिएर राष्ट्रको सेवामा लाग्नुपर्ने उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);