प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने सांसदको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने सांसदको प्रतिवद्धता

पोखरा, २२ माघ । प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।

प्रदेशसभामा बोल्ने अधिकांश सांसदहरुले प्रदेश ४ लाइ समृद्ध र नमुना प्रदेश बनाउने बाचा गरेका हुन । बैठकलाई सम्बोधन गर्दै एमाले सांसद पृथ्वी सुब्बा गुरुङले कोरोला र सुस्ता नाका भएको प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउन सकिने धारणा राखे । मुख्यमन्त्रीका दाबेदारसमेत रहेका उनले वाम गठबन्धनले जनचाहना र बाचा अनुसार स्थायी सरकार दिने बताए ।

कांग्रेस सांसद कृष्णचन्द्र नेपालीले प्रदेश ४ सँग आर्थिक समृृद्धिको सम्भावना रहेको बताए । उनले समुन्नत र सम्पन्न प्रदेश बनाउन भ्रष्टाचार अन्त्य, विधिको शासन स्थापनामा कांग्रेसले सहयोगीको भूमिका निर्वाह गर्ने बताए ।

माओवादी केन्द्रका हरिबहादुर चुमानले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध एक भएर लड्ने बताए । उनले प्रदेश ४ मा सबैभन्दा धेरै अवसर रहेको भन्दै समृद्ध प्रदेश बनाउने प्रतिवद्धता व्यक्त गरे । यहाँ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);