यस्ता छन् सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल एक वर्ष थप गर्ने निर्णय

काठमाडाैं, २२ माघ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले फेरी शहीद घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी, निजामती कर्मचारी र शिक्षकलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

पछिल्ला केहि बैठकले निरन्तर रुपमा सशस्त्र द्वन्द्वमा मारिएकामध्ये माओवादीका तर्फबाट मारिएकाहरुलाई शहिद घोषणा गर्दै आएको छ ।

यस्तै आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलामिलाप आयोगको कार्यकाल एक वर्ष थप गर्ने निर्णय गरेको छ। बैठकले उच्चस्तरीय शिक्षा आयोगको म्याद समाप्त भएकाले पुनः चार महिना म्याद थप्ने निर्णय पनि गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);