सत्य निरुपण र बेपत्ता नागरिक छानविन आयोगको म्याद एक वर्ष थप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सत्य निरुपण र बेपत्ता नागरिक छानविन आयोगको म्याद एक वर्ष थप

काठमाडौँ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगको म्याद थप गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगसँगै पदाधिकारीको म्याद १ वर्ष थप गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद आज बाट सकिदै छ । पछिल्लो पटक अध्यादेशमार्फत २३ माघमा आयोगको म्याद ६ महिनालाई थपिएको हो । मन्त्रिपरिषद्को ६ माघ २०७६ मा बसेको बैठकले सत्य निरूपणको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ता छानविन आयोग अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

एक वर्षलाई नियुक्त भएका उनीहरूको म्याद सकिएपछि यसअघि उनीहरूको म्याद दुईपटक समेत थप गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);