प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सरकारको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक साउन ३ गते बोलाउन सरकारको सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाको बैठक साउन ३ गते बस्ने निर्णय भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतको फैसलाबमोजिम पुनःस्थापित प्रतिनिधिसभा बैठकको अधिवेशन साउन ३ गतेका लागि बोलाउन निर्णय भएको जानकारी दिएका छन् ।

सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनस्र्थापन गर्दै संसद अधिवेशन साउन ३ गते बोलाउनका लागि आदेश जारी गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);