वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

MANTRIPARISAD-2

काठमाडौं, २१ वैशाख । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन यही बैशाख २६ गते बोलाउने निर्णय गरेको हो ।

सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।बजेटअघि राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्नेछ ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकले संसद बैठक बोलाउन सरकारलाई सुझाव दिएको थियो । यस्तै बैठकमा लकडाउनको समीक्षा हुनुका साथै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);