नेकपा भित्र सैद्धान्तिक भन्दा व्यक्तिगत लडार्ई : सांसद डा. सूर्यप्रसाद पाठक | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेकपा भित्र सैद्धान्तिक भन्दा व्यक्तिगत लडार्ई : सांसद डा. सूर्यप्रसाद पाठक

aajko sandarbha

काठमाडौं, २१ वैशाख । आजभोली चर्चामा रहेका सत्तारुढ दल नेकपा भित्रै विवादमा बारै चर्चा गरिएको छ । यो पार्टी भित्र दिनानुदिन विवाद किन बढि रहेको छ त ? यो कुनै सैद्धान्तिक तथा बैचारिक लडाई हो या यो कुनै नेताहरुको व्यत्तिगत लडाई हो ? नेपालको इतिहासको कम्युनिस्ट पार्टीलाई हेर्ने हो भने नेकपाका नेताहरु बैचारिक रुपमा भन्दा व्यत्तिगत लडाई कारण पार्टी जुट्ने र फुट्ने काम रहि आएको देखिन्छ ।

अहिले ७० वर्षलाई फर्केर हेर्दा धेरै पछि दुई ठूला पार्टीहरु मिलेर एक ठूलो कम्युनिस्ट पार्टी बनेको देखिन्छ । तर, यस्को नै जगमा नेकपाले सत्ता चलाई रहेको छ, राजगज गरिरहेको छ । तर विगतलाई हेर्ने हो भने चाहिँ सत्ता होस् या विपक्षमा होस् साना पार्टी भएर पनि फुट्ने र सानो पार्टीको नेता बन्ने लडाई गर्ने र जुगाँको लडाई गरिरहने कम्युनिस्ट पार्टीको इतिहास रहेको देखिन्छ । अहिले नेकपा भित्र जो सत्तारुढ दल जुन ठूलो दल छन् संसदमा निकै कम अवस्थामा रहेको बेला एकलौटी शासन सत्ता चलाई रहे पनि नेकपा भित्र जुगाँको लडाई किन चलिरहेको छ त ? कतै यो लडाई कै कारण सत्तारुढ बन्न पुगेको र अहिले झण्डै दुई तिहाईको नजिक रहेको पार्टी फुट्ने त होईन ? अहिले अनेक अड्कल बाजी भईरहेका छन् ।

सचिवालयको बैठकमा शिर्ष नेताहरुको लागि यो विवाद टुग्याउने विषय टाउको दुखाईको बनेको छ । यो विवादले कतै यो पार्टी फुट्ने त होईन ? या यो पार्टी वैचारिक लडाईमा छ कि व्यत्तिगत लडाईमा छ भन्ने बारे जान्न पार्टी कै जुजारु युवा बौद्धिक मानिनु हुने नेता एंवम प्रतिनिधि सभाका सांसद डाक्टर सूर्यप्रसाद पाठकसंग गरिएको अन्तरवार्ता यस्तो रहेको छ :

नेकपा भित्र नेतृत्व परिवर्तनको विषयमा भइरहेको छलफललाई कसरी हेर्नु हुन्छ  ?

जे विषयमा छलफल गर्नु पर्ने त्यो छलफल भईरहेको छैन । यति बेला नेकपाको सचिवालय बैठक निर्णय हुनु पर्ने के थियो भने कोरोना भाइरसको जुन प्रभाव छ, जुन प्रकारको संक्रमण फैलिएको छ त्यसले विभिन्न खाले समस्याहरु सृजना गरेको छ । त्यो सम्बन्धि नेकपाको बैठकको एजेण्डा बन्नुपथ्र्यो । यस कोरोना माहामारीलाई कसरी प्रभावकारी ढंगबाट न्युनिकरण गर्ने, यसले सृजित गरेका समस्याबाट कसरी जुध्ने, आर्थिक प्याकेजहरु के-कस्ता बनाउने कसरी निमार्ण गर्ने, स्वाथ्यनिती कस्तो बनाउने, अर्थलाई चलायमान गर्न के गर्ने ईत्यादि बारे कुरा गर्नु पर्दथ्यो ।

पूर्व प्रधानमन्त्रीहरुले किन आफ्नै पार्टीका अध्यक्ष केपी ओलीको राजीनामा मागिरहनु भएको होला  ?

मैले पनि केपी ओलीको राजीनामा मागेको सुनेको हो । उनीहरुको कुटनितीक भाषामा निकास दिनुपर्छ भनेर भनेका छन् । निकास भनेका विभिन्न होलान् । ठ्याक्कै राजीनामा भनेर भनेका छैनन् ।

पार्टी भित्र वैचारिक लडाई देख्नु हुन्छ कि व्यक्तिगत लडाई  ?

म त वैचारिक लडाई काहिँ देख्दिन । पार्टी भित्र जतिसुकै लडाईहरु भएका छन् त्यो सबै व्यक्तिगत लडाई हो । सबै जनामा ईगोको समस्याले पार्टीमा यस्ता लडाई तथा अलोचना बढ्दै गएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);