बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत  | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८०, शुक्रबार

बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत 

काठमाडौँ। प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९ स्वीकृत गरेको छ ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो । सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply