टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

टिआरसी विधेयकमा सहमति जुटाउन कार्यदल गठन

काठमाडौं। ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरिएको छ ।

प्रतिनिधिसभाअन्र्तगतको कानुन, न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसबाट मीन विश्ववर्मा र अत्तहर कमाल मुसलमान, एमालेबाट शेरबहादुर तामाङ र विमला विक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन र लोसपाबाट लक्ष्मणलाल कर्ण रहेका छन् । १७ भदौमा प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको थियो ।

सरकारले  गत ३१ असारमा दर्ता गरेको विधेयकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले ७ भदौमा प्रतिनिधिसभामा पेस गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);