कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने मुख्यमन्त्री शाहीकाे प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने मुख्यमन्त्री शाहीकाे प्रतिबद्धता

भक्तपुर,  ८ चैत । प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । भक्तपुरमा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा गरिबी र आर्थिक अभाव भएपनि नमुना प्रदेशको रुपमा विकास गरि भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रदेश सरकार सञ्चालन नयाँ बिषय भएको भन्दै मुख्यमन्त्री शाहीले कामलाई प्रभावकारी बनाउन प्रदेशमा दक्ष जनशक्तिको अभाव रहेको बताए ।

उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउन आगामी बर्षलाई पर्यटन बर्ष घोषणा गर्ने प्रदेश सरकारको तयारी रहेको खुलासा गरे । सामाजिक सञ्जालले विकृति ल्याएको भन्दै मुख्यमन्त्री शाहीले आफ्नो प्रदेशमा समयको मापदण्ड तोकेर सामाजिक सञ्जालको नियन्त्रण गर्ने उनले उद्घोष गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);