नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण मिति तीन महिना थप

muglin narayanghat sadak

चितवन, ८ चैत । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीहरुले मिति थप्न माग गर्दै आएका थिए ।

उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई बैशाख २७, दोस्रो खण्डलाई जेठ ६ र तेस्रो खण्डलाई जेठ १६ सम्मको मिति थपिएको छ ।

यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो । परामर्शदाता कम्पनीले गरेको सिफारिसअनुसार मिति थप भएको खनालले बताए । हालसम्म उक्त आयोजनाको ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);