मुग्लिन–नारायणगढ सडकखण्डको पहिलो चरणको निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुग्लिन–नारायणगढ सडकखण्डको पहिलो चरणको निर्माण सम्पन्न

muglin sadak khanada sampanna

काठमाडौं, २३ जेठ । मुग्लिन–नारायणगढ सडकखण्डको पहिलो चरणको निर्माण सम्पन्न भएको छ ।

३४ किलोमिटक सडक खण्डमा पहिलो चरणको कालोपत्रेको काम सकिएको हो । दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम पनि केही दिनमै सक्ने तयारी छ । तीन खण्डमा ठेक्का लागेर काम थपिएको सडकमा मंगलबार साँझबाट पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिए । आँपटारीदेखि मुग्लिनसम्मको ३४ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम मंगलबार साँझ सकिएको हो ।

बाटोमा कुनै अवरोध नभए अब ३० मिनेटमा यो सडकखण्ड पार गर्न सकिने खनालले जानकारी दिए । ठूला ट्रक र बसलाई भने सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । वर्षातमा पहिरो खसेर जोखिम ल्याउन सक्ने ठाउँमा आयोजनाले आफैँ पहिरो खसालेर जोखिम हटाउने काम गरिरहेको पनि खनालले जानकारी दिए । खनालका अनुसार कालोपत्रेको काम सकिए पनि आयोजनाको सबै काम सक्न अझै केही दिन लाग्नेछ ।

सडक निर्माणको अन्य कामका लागि भने आज पनि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गाडी रोकेर काम हुने, तर अवस्था हेरेर सवारी सञ्चालन गर्न दिने तयारी भएको छ । आगामी आइतबारदेखि दैनिक रुपमा हुँदै आएको बन्द पुर्ण रुपमा हटाएर यात्रा सहज बनाउने तयारी भैरहेको खनालले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);