मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारको काम अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारको काम अन्तिम चरणमा

nght muglin highway

काठमाडौं, १३ जेठ । मुग्लिन–नारायणगढ सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सो सडक खण्डको ३२ दशमलव २ किलो मिटर मध्ये पहिलो र दोस्रो चरणको कालोपत्रेको काम सकिएको छ । आयोजनाका अनुसार अब एक किलोमिटर मात्र कालोपत्रे हुन बाँकी छ ।

यही जेठ १६ गतेसम्म सबै क्षेत्रमा कालोपत्रेको काम सकिने आयोजनाको आयोजनाका इन्जिनियर शिव खनालले बताए । पहिलो र दोस्रो ठेक्काका कतिपय स्थानमा तेस्रो तहको पिचको काम भैरहेको छ । बाँकी रहेको एक किलोमिटर क्षेत्रमा पनि अहिले ब्ल्याक टपका लागि आधार तयार पार्ने काम भैरहेको छ ।

सरकारले सडक विस्तारको काम समयमा नसके कारबाही गर्ने चेतावनी दिएपछि आयोजनाले काम द्रुत गतिमा गर्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);