मर्मत सम्मारको अभावमा दोधारा चाँदनी झोलुङ्गे पुल जीर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

मर्मत सम्मारको अभावमा दोधारा चाँदनी झोलुङ्गे पुल जीर्ण

pul

पुष्कर भट्ट
कञ्चनपुर, १३ जेठ
। पर्यटकहरुको आकर्षकको केन्द्र रहेको कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल जीर्ण बनेको छ । एसिया कै दोस्रो लामो झोलुङ्गे पुलको मर्मत सम्मार नहुँदा जीर्ण भएको हो ।

१२ बर्ष अघि बनाइएको कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल जीर्ण बनेको छ । समयमा पुलको मर्मत सम्मार नहुँदा जीर्ण भएको हो । दोधारा चाँदनी झोलुङ्गे पुल नेपालको पहिलो र एसियाको दोस्रो लामो मानिन्छ । पुलको नटबोल्ड गायब हुनुका साथै जालीहरु च्यातिएको छ । पुल जीर्ण हुँदा ओहोरदोहोर गर्ने यात्रुहरु दुर्घटनामा पर्ने गरेका छन् । पुलको मर्मतका लागि सम्बन्धित निकायलाई भनेपनि चासो नदिएको स्थानियको भनाइ छ ।

सो पुल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । व्यवसायीको आम्दानीको स्रोत पनि पुल बनेको छ । कञ्चनपुरको भीमदत्त नगरपालीका र महाकाली नगरपालिकालाई जोड्ने सो पुल मर्मतका लागि बर्सेनि १७ लाख बराबरको टेन्डर आह्वान गर्ने गरिन्छ । तर ठेकेदारले राम्रोसँग मर्मत नगर्दा पुल जीर्ण भएको हो ।

महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले दोधारा चाँदनी पुलको मर्मत सम्मार अब अफैले गर्ने प्रतिबद्धता जनाएका छन् । सरोकारवाले एसिया कै दोस्रो लामो झोलुङ्गे पुलको मर्मत सम्मार गर्न माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);