बारामा पर्ने राजमार्ग र सडकका अधिकांश पुल जीर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बारामा पर्ने राजमार्ग र सडकका अधिकांश पुल जीर्ण

श्याम गुप्ता
बारा, ३० भदौ । बारा जिल्ला अन्तर्गत पर्ने राजमार्ग तथा सडकका अधिकांश पुराना पुलहरु जीर्ण बनेका छन् । जीर्ण पुलमा दैनिक चल्ने सवारी साधनले पक्की जीर्ण पुलहरु झोलुङ्गे पुल झैँ हल्लिन्छन् ।

यहाँका पुलबाट सवारी साधन आवत जावत गर्दा ठुलै भुकम्प आए झै लाग्छ । यी पुलहरु समयमा नै पुननिर्माण नगरे कुनै समय ठूलै दुर्घटना निम्तिन सक्ने खतरा बढाएको छ ।

राजमार्गका पुलहरु जीर्ण भएकाले सवारी साधन चल्दा झोलुङ्गे पुल झैँ हल्लिन्छन् । हुनत राम्रो अवस्था मै भएका पुलहरु पनि केही त हल्लिन्छन् तर यहाँका पुलहरु धेरै नै हल्लिन्छन् ।

पूर्व—पश्चिम राजमार्गका अधिकांश ठुला पुलहरुको अवस्था पनि यस्तै छ । पहिले अगाडी पछाडी गरेर हल्लिन्थे भने केही वर्ष यताबाट तल—माथि हलिन्छन् । यसबाट पुलको अवस्थाकोबारे सहजै अनुमान लगाउन सकिन्छ ।

यसरी तल—माथि हल्लिनु, पुल जीर्ण भई सकेको संकेत हो । कति खेर पुल भाँच्चिने हो, र दुर्घटना निम्त्याउने हो ठेगान छैन । यही राजमार्ग अन्र्गत बारामा पर्ने बकैया पुल, पसाह पुल, दुधौरा पुल, १ नम्बर, २ नम्बर, ३ नम्बर पुल जीर्ण भई सकेका छन् ।

बकैया पुल बिगत ८/१० वर्ष देखि यसरी हल्लिन थालेको निजगढका स्थानीय रामप्रसाद अधिकारी बताउनु हुन्छ । यही राजमार्गको निजगढ—पथलैया सडकमा रहेको दुधौरा पुलको दुई पटक पिलर भासिसकेको छ । करिब ४० वर्ष अघि तत्कालिन सोभियत संघ रुसको सहयोगमा निर्माण गरिएको यी सडक, पुलहरु नेपाल सरकारले बेलैमा चाँसोका साथ मर्मत सम्भार गरेको पाइँदैन ।

पुलको भार वहन क्षमता भन्दा अत्यधिक ओभर लोड राखेर मालबाहक सवारी साधन गुडाउने र पुल भरी नंै यसरी एकै पटक सवारी साधनहरु ओहोर दोहोर गर्नाले पुल जोखिममा पर्दै आएको हो ।

शुरुका वर्ष ६ चक्काबाट १० चक्का, १२ चक्का, १४ चक्का हुँदै १८ चक्का, २४ चक्का भएका माल बाहक सवारीसाधनसँगै अत्याधिक लोड राखेर सवारी साधन र टिपरहरु गुडेपछि पुल र सडकको अवस्था कमजोर बन्दै गएको हो । अत्यधिक भार वहन रोक्न र सुधार गर्न राज्यले बेलैमा चासो नदेखाउँदा अहिले पुल र सडक जीर्ण हुँदै गएका छन् ।

त्यसैगरि डिभिजन सडक कार्यालयले सडकमा रहेको खाल्डाखुल्डी एका तिरबाट टाल्दै गए पनि अर्को तिरबाट भत्किदै जान थालेको छ । पुलको आयु लम्ब्याउनका लागि मर्मत सम्भारका कार्यहरु भने भईरहेका छन् ।

सडक डिभिजन कार्यालयले हरेक बर्ष पुलमा टालटुल गर्ने काम गर्दै आएको छ । यसरी पुराना तथा जीर्ण भएका पुलहरुको पुननिर्माण गर्न जरुरी छ । कुनै अप्रिय घटना घट्नु पूर्व नै पुलको अवस्था बुझेर मर्मतसम्भार या पुननिर्माण गर्न जरुरी छ । होइन भने व्यस्त रहने राजमार्गका पुलहरुको यस्तो अवस्थाले ठुलो दुर्घटना ननिम्त्याउला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);