जुम्ला कालिकोट जोड्ने हिमा नदीको पक्की पुल : निर्माणकार्य पूरा नहुँदै  चर्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

जुम्ला कालिकोट जोड्ने हिमा नदीको पक्की पुल : निर्माणकार्य पूरा नहुँदै  चर्कियो

जुम्ला । जुम्ला र कालिकोट जोड्ने सिंजाखोला पुलको निर्माण कार्य सम्पन्न नहुँदै  चर्किएको छ । पुलको निर्माण कार्यको ढलानसमेत गरिसकिएको भए पनि चर्किएर खतरा अवस्थामा पुगेको हो ।

पुल निर्माणको क्रममा ( प्रिस्टेट गर्दा खेरी) चर्किएको सड्क डिभिजन कार्यालय सुर्खेतले स्वकार गरेको छ । सड्क डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालिकोटको छिडेना र सिंजा खोलाको उक्त पक्की पुल संयुक्त रूपमा १३ करोडको लागतमा निर्माणको जिम्मा दिइएको थियो ।

सिंजाखोलाको उक्त फरक प्रविधिको पुल प्रिटेष्ट गर्न खोज्दा चर्किएको इन्जिनियर शर्माले जानकारी दिए  । इन्जिनियर शर्माले भने ठेक्का नम्बर ३ को उक्त सिंजाखोला र छिडेना पुलको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि सुर्खेतले काम गर्ने जिम्मा  लिएको थियो ।

२०७४ कार्तिक ३० गते सम्झौता गरिएको उक्त पुल  २०७५/१२/१४ मा सम्पन्न गरी सक्ने सम्झौता थियो ।उक्त पुल डिजाइनमा समस्या भएपछि फेरी रिडिजाइन गर्नुपरेको थियो ।यो वर्ष भने पुल सञ्चालनमा ल्याउने तयारी थियो ।तर प्रिटेष्ट गर्दा चर्किएपछि अहिले काम रोकिएको छ । उनले भने, ‘छिडेनाको पुल भने सम्पन्न भइसकेको छ ।’

यो पुल फरक किसिमको प्रविधिको पुल भएकाले २८ दिनमा तान्ने गरिन्छ । सोही क्रममा चर्किएको हो । अव केही समस्या आएको  र यसका लागि भारतबाट विज्ञ टिम ल्याएर निर्माण गरिने भएको छ । साउन ६,७ गते जुम्लामा भारतको इन्जिनियरको टिम पुग्छ । नचर्किएको भए साउन महिनामै गाडी गुड्थ्यो तर अव दसैँमा गाडी गुड्ने देखिन्छ । पुलको भित्र ग्राउटिङ गर्नुपर्ने हुन्छ ।

सड्क डिभिजनका अनुसार कमसल सामग्री नभएको तर प्रिस्ट्रेस पुल नयाँ भएकाले स्किल टिमले फरक गर्छौं । सो पुलको अहिलेसम्म तीन पटक पुलको म्याद थपी सकिएको छ । रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीले बताएको छ । सिंजाखोला पुलको लम्बाइ ४० मिटर र चौडाइ ११ मिटर छ । यो पुलले ५० टन लोड धान्ने बताइएको छ ।

निर्माण सम्पन्न नहुँदै पुल चर्किएपछि स्थानीय त्रसित भएका छन् । सोही स्थानमा लामो समय अघि निर्माण भएको बेलिब्रिज पुल जीर्ण भइसकेको छ । सो पुल निर्माण निर्माण भएपछि चाडै गाडी गुडाउने सपना फेरी धकेलिएको छ । सड्क सञ्जाल जोडिएपछि नेपालगन्ज सुर्खेतबाट बाक्ला मात्रामा सवारी साधन, मालवाहक साधन र पर्यटकहरू भित्रिने गरेका छन् तर पुल निर्माण समयमा नहुँदा जीर्ण बेलिब्रिज पुलजोखिम भएकाले चाडै बनाउन स्थानीयको दबाब छ ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र नेपालपत्रकार महासंघको टिमले शुक्रबार पुलको अनुगमन गरेका छन्  । समन्वय समितिका प्रमुख आचार्यले सो पुलको विषयमा सम्बन्धित निकायमा के भएको र चाडै काम सुचारु गर्न समन्वय गर्ने बताए  । स्थानीय सरोकारवालाले भने पुलको विषयमा चासो बढाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);