पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले बढाउन अर्थमन्त्रीको कडा निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले बढाउन अर्थमन्त्रीको कडा निर्देशन

yubraj dai

काठमाडौं, २३ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणसम्बन्धि समस्या पहिचान र समाधान विषयक काठमाडौं जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले वैदेशिक अनुदान सहायताबाट पुनर्निर्माणका लागि ऋण स्वरुप लिइएको रकम दुरुपयोग नगर्न सम्बन्धित निकायलाई सचेत गराएका हुन् ।

उनले पुनर्निर्माणको कामलाई पारदर्शी ढंगले अघि बढाउन पनि सम्बन्धित निकायलाई कडा निर्देशन दिए । सरकारले निजी आवास पुनर्निर्माणको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएपनि सो अनुसारको काम हुन नसकेको स्पष्ट पारे । उनले निजी आवास पुनर्निर्माणको काममा ढिलाई गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरे ।

अर्थमन्त्री खतिवडाले जमिनको उचित व्यवस्थापन, गुठी लगायतको समस्या समाधान गरेर काठमाडौं उपत्यका भित्रको निजी आवास पुनर्निर्माणको कामलाई सहज ढंगले अघि बढाउन प्राधिकरणलाई सचेत समेत गराए । कार्यक्रममा जिल्ला समन्वय समिती काठमाण्डौका प्रमुख शिवशुन्दर बैद्यले पुणनिर्माणका लागी सरकारले उपलब्ध गराएको किस्ता पाउने प्रकृया झन्झटिलो भएकाले निजी आवासको कार्य एकदम सुस्तगतिमा अघि बढेको बताए ।

उनले हरेक नगरपालिकाहरुले आफनो क्षेत्रको पिडीतहरुको पहिचान गरि निजी आवसको कार्यलाइ तिव्रताका साथ अगाडी बढाउनु पर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);