नारायणगढ–मुग्लिन सडक असार अन्तिम सातासम्म सम्पन्न हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नारायणगढ–मुग्लिन सडक असार अन्तिम सातासम्म सम्पन्न हुने

muglin sadak

चितवन, १५ वैशाख । नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणको काम असार अन्तिम सातामात्र सम्पन्न हुने भएको छ । तेस्रो पटक थप गरिएको म्याद जेठ १६ मा सकिने भए पनि ठेकेदार कम्पनीले समयमा सबै काम नसकिने जनाएको छ । काम नसकिए पनि जेठ १७ गतेबाट २४ सै घण्टा सवारीसाधन गुडाउन मिल्ने आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्ड निर्माण आयोजनाको तेस्रो पटक थप गरिएको म्याद जेठ १६ गते सकिँदै छ । हालसम्म करिब ८० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तोकिएको समयभित्रै काम सम्पन्न गर्न हाल तीन वटा निर्माण कम्पनीले विहान १० देखि ४ बजेसम्म सवारीसाधन बन्द गरेर कालोपत्रे गरिरहेका छन् ।

हालसम्म सडक खण्डको ३३ किलोमिटर २ सय मिटरमध्ये ३० किलोमिटर सडकमा पहिलो तहको, २८ किलोमिटरमा दोश्रो तहको र ८ किलोमिटरमा तेश्रो तहको कालोपत्रे गरिएको छ । तीनै तहको कालोपत्रे बैशाखको अन्तिमसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

सडक विस्तारको काम सकिएपछि सडक खण्ड ३५ मिनेटमा नै पार गर्न सकिने आयोजनाको दाबी छ । दैनिक ८ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर हुने यो सडक खण्ड पार गर्न अहिले ७० मिनेट लाग्ने गरेको छ । सडक ९ मिटर चौडा पारिएका कारण ओहोरदोहोर चाँडो गर्न सकिने आयोजनाको भनाइ छ ।

सडकखण्डको दासढुंगा, जलबीरे, चेपाङडाँडा र आँपटारी क्षेत्रमा ३ दशमलव २ किलोमिटर सडक पिच गर्न बाँकी छ । बाटो विस्तारसँगै पुल निर्माणको काम नहुँदा सडकखण्डमा जाम हुने समस्या यथावतै छ । बाटो ठूलो हुँदा गाडी तीब्र गतिमा गुड्ने र पुल साँघुरो हुँदा गाडीहरु पुलको मुखमा थुप्रिने समस्या छ ।

सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनीले बाटो विस्तारको काम गरिरहेका छन । ती मध्ये बीएलएसीसीले आँपटारीदेखि दासढुंगासम्मको १० दशमलव ५ किलोमिटर, उड हिल–लामा जेभीले दासढुंगादेखि सिमलतालसम्मको १० दशमलव ७ किलोमिटर र सुप्रिम–रौताहा जेभीले सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलव १ किलोमिटर सडक विस्तारको ठेक्का लिएर काम गर्दै आएका छन् । तर, सबै काम सकिन असार अन्तिमसम्म लाग्नेछ ।

सडकखण्डमा पर्ने १८ वटा पुलमध्ये ४ वटा पुलको मात्र निर्माण कार्य सुरु भएको छ । दासढुंगा, मौरी, खानी र जलबीरे पुलको मात्र निर्माण कार्य अघि बढेको छ । लामा कन्स्ट्रक्सन कम्पनीले दासढुंगा, मौरी, खानी पुल निर्माण गर्दैछ ।

२ अगष्ट २०१९ सम्म सक्नेगरी निर्माण सम्झौता गरिएको ३ पुलको लागत १३ करोड ६५ लाख रहेको छ । सडकखण्डमा पहाड फोरेर बाटो विस्तारको काम गरिएकाले सडक पहिरोको जोखिममा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);