सिरहाको मुख्य भन्सार नाका जोड्ने सडक निर्माणको काम रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सिरहाको मुख्य भन्सार नाका जोड्ने सडक निर्माणको काम रोकियो

सिरहा, १५ वैशाख । सिरहाको मुख्य भन्सार नाका जोड्ने सडक निर्माणको काम रोकिएको छ । ठेकेदारले गणस्तरहीन सामाग्रिको प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेपछि निर्माणको जिम्मा लिएको ठेकेदारले कम्पनीले निर्माण कार्य रोकेको हो ।

४ करोड ९३ लाख ६१ हजार ७ सय ६४ रुपैयाँमा रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुरले २०७४ असोज २९ गते निर्माणको जिम्मा लिएको थियो । कम्पनीले डिजिभन सडक कार्यालय लहानसँग १ वर्ष ३ महिनामा चोहर्वा–सिरहा–माडर सडकमा विटुमिन प्रिमिक्स कार्पेटिङ कार्य सम्पन्न गर्ने सम्झौता गरेको छ । तर, निर्माणमा कमसल सामग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध गरेपछि सडक निर्माणको काम रोकिएको हो ।

माडरदेखि जिल्ला भन्सार कार्यालय खैरटोका हुँदै भारतीय सीमासँग जोडिएको यो सडक अहिले लथालिंग अवस्थामा छ । धुलम्मे सडक भएकाले गर्दा स्थानीय र सिमावर्ती भारतका विभिन्न बजार जाने र आउनेले सास्ती भोग्नु परेको छ ।

यसरी निर्माण कम्पनीले कामै रोकेपछि गहिरिएको समस्याबारे सम्बन्धित निकाय मुकदर्शक बनेका छन् । डिभिजन सडक कार्यालय र नगर भित्रको सडक भएकोले स्थानीय सरकारले चासो राख्नुपर्ने भएपनि ती निकायहरु चुपचाप बस्दा स्थानीय आक्रोशित बनेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);