मुआब्जा विवादले वीरगन्ज–पथलैया राजमार्ग निर्माणमा अबरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

मुआब्जा विवादले वीरगन्ज–पथलैया राजमार्ग निर्माणमा अबरोध

sadak bara

श्याम गुप्ता
बारा, २९ चैत
। वीरगन्ज–पथलैया आद्योगिक राजमार्गको निर्माण कार्य समयमा सम्पन्न नहुने भएको छ । बारा जीतपुरबासीले मुआब्जा नपाएको भन्दै अवरोध गरेपछि निर्माण समयमै नहुने भएको हो । तर निर्माण कम्पनीले भने बल प्रयोग गरेर भएपनि मापदण्ड विपरितका भौतिक संचना हटाएर निर्माण सम्पन्न गर्ने दाबी गरेको छ ।

पथलैयादेखि परवानीपुरसम्म ६ लेनको सडक निर्माणको काम भइरहेको छ । २७ किलो मिटरको दुरीको औद्योगिक राजमार्ग मध्ये जीतपुर बजारमा भने निर्माण कार्य रोकिएको छ । स्थानीयले मुआब्जाको माग गर्दै अवरोध गरेपछि निर्माण रोकिएको हो । स्थानीयले सडक मापदण्ड विपरित बनाएको भौतिक संचना निर्माण आयोजनाले भत्काउन लागेको हो । जग्गा धनी पुर्जा आफूहरुसँग भएकाले मुआब्जा नपाएसम्म निर्माण गर्न नदिने स्थानीयले चेतावनी दिएका छन् ।

निर्माण आयोजनाले भने मापदण्ड विपरित राजमार्गमा बनाईएको घर टहरा भत्काउँदा मुआब्जा दिने उल्लेख नभएकाले स्थानीयले अवरोध गरे बल प्रयोग गरेर भएपनि तोकिएकै समयमै निर्माण गर्ने दाबी गरेको छ ।

पाँच वर्षअघि जीतपुर बजारमा ४ लेनको सडक बनाउँदा सरकारले मुआब्जा दिएको थियो । अहिले ६ लेनको सडक बनाउदा मुआब्जा नदिने सरकारको दोहोरो नीति भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । तीन अर्ब २७ करोडको लागतमा २०७३ सालदेखि निर्माण सुरु गरिएको थियो । राजमार्ग २०७५ पुस मसान्त सम्म पूरा गर्ने लक्ष्य भएपनि स्थानीयको अवरोधले समयमा समपन्न नहुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);