नापी कार्यालयका प्रमुख ५० हजार घुससहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नापी कार्यालयका प्रमुख ५० हजार घुससहित पक्राउ

pakrau

उदयपुर, २९ चैत । जिल्ला नापी कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह पचास हजार घुस रकमसहित पक्राउ परेका छन् । स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालय इटहरीको टोलीले आज बिहान जिल्ला नापी कार्यालयस्थित साहको क्वाटरबाटै साहलाई ५० हजार रुपौयाँ घुस रकमसहित पक्राउ गरेको हो । साहले त्रियुगा नगरपालिका–१० का सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा दुई लाख घुस मागेको र पहिलो किस्तास्वरुप पचास हजार लिएको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);