काठमाडौं महानगरले सात दिने पदयात्रा कार्यक्रम गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं महानगरले सात दिने पदयात्रा कार्यक्रम गर्ने

kmc

काठमाडौं, २९ चैत । काठमाडौं महानगरपालिकाले हनुमानढोका देखि स्वयम्भूनाथसम्म सात दिने पदयात्रा कार्यक्रम गर्ने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरी महानगरपालिकाले विश्वसम्पदा सूचीमा सूचिकृत बसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकाबाट स्वयम्भूनाथसम्म बैशाख २ गतेबाट सात दिने पदयात्रा कार्यक्रम गर्नलागेको जानकारी गराएको हो ।

महानगरले विश्वसम्पदाको संरक्षणसँगै प्रबद्र्धन गर्ने उदेश्यले विश्वसम्पदा देखि विश्वसम्पदासम्मको पदयात्रा गर्न लागेको जनाएको छ । ७ दिने कार्यक्रम अन्तर्गत वैशाख २ गते टोल सरसफाई, ३ गते विद्यार्थीहरुलाई पदयात्रा गराउने, ४ गते विभिन्न किसिमका खेलकुद सम्बन्धी कार्यक्रम गर्ने, ५ गते फोटोपत्रकारहरुलाई उक्त पदयात्रामा हिडाएर दृश्यमा देखिएका फोटो खिच्न लगाउने, ६ गते हुलाक टिकटको प्रर्दशनी गरिने, ७ गते आर्ट वोर्कसप तथा ८ गते हनुमानढोकामा पदयात्रा कार्यक्रमको समापन गर्ने जनाइएको छ ।

नेपालको पर्यटन क्षेत्रका लागि नयाँ थालनी स्वरुप पाइलट प्रोजेक्टको रुपमा कार्यक्रम अगाडि बढाइएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);