हनुमानढोका दरबारदेखि स्वयम्भूसम्म पदयात्रा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

हनुमानढोका दरबारदेखि स्वयम्भूसम्म पदयात्रा सुरु

swayambhunath

काठमाडौं, २ बैशाख । काठमाडौंको बसन्तपुरस्थित विश्वसम्पदा हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको पदयात्रा सुरु भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोकादेखि अर्को विश्वसम्पदा स्वयम्भूसम्मको यात्रा पैदल रुपमै गर्न सकिन्छ भन्ने सन्देश विश्वका सबै पर्यटकहरुलाई दिने उद्देश्यका साथ आईतबारबाट पदयात्रा सुरु भएको हो ।

पैदल यात्राको पहिलो दिन आईतबार हनुमानढोकादेखि स्वयम्भूसम्मका सम्पदाहरुको सफाई गरिएको छ । अभियानको शुभारम्भ गर्दै काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठले बसन्तपुरदेखि स्वयम्भूसम्म पैदल यात्रा गरेर यस क्षेत्रलाई विश्वका पर्यटकहरुको केन्द्र बनाउन चाहेको स्पष्ट पारे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विश्वसुन्दर शाक्यले अभियानले नेपालको अन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले अभियानबाट हनुमानढोकादेखि स्वयम्भूसम्मको अन्य सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको परिचय विश्व समूदायले पाउने बताए ।

काठमाडौं महानगरपालिकाको संयोजनमा सुरु गरिएको पैदल यात्रा ६ दिनसम्म चल्नेछ । अभियान अन्तरगत भोली विद्यार्थीहरुले पदयात्रा गर्नेछन ।

त्यसैगरी ४ गते विभिन्न खेलकुद अभियान सञ्चालन गरिनेछ । ५ गते फोटो पत्रकारहरुलाई त्यस क्षेत्र भित्रका सबै सम्पदाहरुको अवलोकन गराउने कार्यक्रम तय गरिएको छ । ६ गते हुलाक टिकट प्रर्दशनी र ७ गते चित्रकला प्रर्दशनी गरिनेछ । ८ गते अभियानको समापन गरिने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);