प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

bharatiya note

काठमाडौं, २९ चैत । करिब ५० लाख प्रतिबन्धित भारतीय नोटसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बुधबार दिउँसो लाजिम्पाट क्षेत्रबाट ४९ लाख ३१ हजार ५ सय प्रतिबन्धित भारतीय नोटसहित २ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–३ का ३१ वर्षीय सुनिलदेव बैश्य र नुवाकोट शिवपुरी गाउँपालिका–५ का ५० वर्षीय चेतबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ । बैश्य र नेपालीको साथबाट एक हजार दरका २२ सय ६ थान र ५ सय दरका ५ हजार ४ सय ५१ थान भारतीय प्रतिबन्धित नोट बरामद गरिएको छ ।

घटनामा व्यापारीहरुको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);