जनप्रतिनिधिहरु सरकारी बजेट लिएर भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

जनप्रतिनिधिहरु सरकारी बजेट लिएर भ्रमणमा

सुशील भण्डारी

अछाम, २९ चैत । स्थानीय तहको काम छोडेर जनप्रतिनिधिहरु जिल्ला भ्रमणमा निस्किएको भन्दै अछामका स्थानीयले विरोध गरेका छन् । मंगलसैन नगरपालिकाका जनप्रतिनिधिहरु १२ लाख सरकारी बजेट लिएर भ्रमणमा निस्किएका थिए । सरकारी बजेटको दुरुपयोग गरेर जनप्रतिनिधिहरु भ्रमणमा गएको भन्दै चौतर्फि आलोचना भएको हो ।

अछाम मंगलसैन नगरपालिकाका जनप्रतिनिधिहरु १२ लाख सरकारी रकम लिएर भ्रमणमा गएको भन्दै चौतर्फि विरोध भएको हो । कृषि भ्रमण भनिएपनि जनप्रतिनिधिले कृषि विज्ञलाई भम्रणमा सहभागि नगराएको भन्दै केहि जनप्रतिनिधिले समेत विरोध जनाएका छन् ।

जनप्रतिनिधिहरुल सरकारी रकमको दुरुपयोग गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । निर्वाचनमा विकास र समृद्धिका सपना बढेका जनप्रतिनिधि सरकारी बजेटमा भ्रमणमा निस्कनु दुर्भाग्य भएको स्थानीयको गुनासो छ ।

उता गाउँपालिका र नगरपालिकाका प्रमुखले भने बार्षिक कार्यक्रम अन्तर्गत नै भ्रमणमा गएको बताएका छन्् । आफूहरु भम्रणमा निस्कदा स्थानीय तहको कामकाज प्रभावित नभएको उनीहरुको भनाई छ ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष भएपनि काम प्रभावकारी नभएको गुनासो बढ्दो छ । भ्रमणमा भन्दा पनि जनतालाई राहत हुने कार्यक्रम ल्याउन अछामेली जनाताले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);