भारतको नैनिताल पुगेकी १२ बर्षिया एक बालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतको नैनिताल पुगेकी १२ बर्षिया एक बालिकाको उद्धार

दार्चुला, २९ चैत । भारतको नैनिताल पुगेकी दार्चुला नौगाड गाउँपालिका ६ धुलीगाडा की १२ बर्षिया एक बालिकाको उद्धार गरि प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।

कक्षा ७ मा अध्यनरत ज्योती धामीलाई एक व्यापारीले काम लगाइदिने भन्दै भारत पुर्‍याएका थिए । भारतबाट भागेर बालिका नेपाल फर्किएकी हुन् ।

भारतमा रोजगारका लागि गएका काभ्रे धुलिखेलका शिव गैरेले गाडीमा ज्योतीलाई भेटेपछि दार्चुला प्रहरीलाई जिम्मा लगाएका हुन् । भारतमा आफूलाई कुटपिट गरेपछि भागेर नेपाल फर्किएको ज्योतीले बताएकी छिन् ।बालिकाको बेचबिखन भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);