भारतमा छुट्टाछुट्टै स्थानमा बेचिएका ४ नेपाली बालिकाको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवन, २१ असोज । भारतमा विभिन्न स्थानमा बेचिएका ४ जना नेपाली बालिकाको उद्धार  भएको छ ।

मानव बेचबिखनविरुद्ध काम गर्दै आएको केआइ नेपाल नामक सस्थाले भारतको मुम्बई र दिल्लीका कोठीबाट चार नेपाली बालिकाको उद्धार गरेको हो ।

के आइ नेपालले शुक्रबार भारतको दिल्लीमा रहेको कोठीबाट एक करिब १७ वर्षकी एक किशोरी र मुम्बईबाट ३ बालिकाको उद्धार गरेको हो ।

ती किशारीलाई भारतस्थित नेपाली दूतावासको समन्वयमा नेपालक ल्याइने के आई नेपालले जानकारी दिएको छ ।

मुम्बइस्थित एक कोठीबाट उद्धार गरिएको बालिकाहरुको ठेगाना खुल्न नसकेको र मुम्बईको एक गैर सरकारी संस्थामा पुनः स्थापना गरिएको संस्थाले जानकारी दिएको छ ।

एक वर्षको अन्तरालमा संस्थाले ६० जना भन्दा बढि नेपाली महिलालाई भारतमा बेचिनबाट जोगाएको समेत जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);