मुगुका पाँच बालिकाले तीन वर्षपछि भेटे परिवार | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

मुगुका पाँच बालिकाले तीन वर्षपछि भेटे परिवार

मुगु । एउटा सामाजिक संस्थाले उच्चशिक्षासम्मै नि:शुल्क पठनपाठन गराइदिने आश्वासनमा मुगुबाट काठमाडौं पुगेका पाँच बालिकाको तीन वर्षपछि परिवारसँग पुर्नमिलन भएको छ ।

यहाँका विभिन्न बस्तीबाट जेवी फाउन्डेसन नेपाल नामक संस्थाले तीन वर्षअघि पाँच बालबालिकालाई काठमाडौं लगेको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका ती बालिकालाई फाउन्डेसनले १२ कक्षासम्मै नि:शुल्क पढाइदिने प्रतिबद्धता जनाएको थियो । तर, फाउन्डेसन कै आर्थिक अवस्था कमजोर भएपछि बालिकाको उद्धार गरी परिवारसँग पुर्नमिलन गराइएको हो ।

परिवारसँग तीन वर्षपछि पुर्नमिलन हुनेमा छायानाथ रारा नगरपालिका–१२ उर्मिला बिक, धनलाल बिक, कमलदेवी बुढा, बबिता बुढा र सोरु गाउँपालिका–८ गिलाह गाउँकी सबिता शाही छन् । संस्थालाई सहयोग गर्दै आएका विदेशी नागरिकले पछिल्लो समय सहयोग गर्न छाडेपछि संकटमा परेको हो । बालिकाहरूको राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो ।

उनीहरूको बिहीबार नै उद्धार गरिए पनि आज परिवारसँग पुर्नमिलन गराइएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी, नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्ल, नेपाल पत्रकार महासंघ मुगु शाखाका उपाध्यक्ष दानबहादुर बुढाको रोहोवरमा परिवारसँग पुर्नमिलन गराइएको हो । ‘सुरुमा फाउण्डेसनको अवस्था राम्रै थियो । तर, पछिल्लो समयमा विदेशीले संस्था छोडेर गएपछि समस्या भयो,’ उद्धार गरिएकी उर्मिला बिकले भनिन् । बालिकाको भविस्य राम्रो होला भनेर काठमाडौं पठाएको अभिभावकहरूको भनाइ छ । 

अघिल्लो बर्ष पनि मुगबाट काठमाडौं पुगेका १० बालबालिकाको उद्धारपछि परिवारसँग पुर्नमिनल गराएको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार गरिबी आर्थिक अभाव, अशिक्षाको फाइदा उठाउँदै केही व्यक्ति र संस्थाले प्रलोभनमा पार्दै मुगुबाट बालबालिकालाई जिल्ला बहिर लैजाने गरेको फेला परेको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);