भारतबाट नेपाल ल्याइएकी बालिकाको जिम्मा बुबालाई दिने सर्वोच्चको फैसला | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

भारतबाट नेपाल ल्याइएकी बालिकाको जिम्मा बुबालाई दिने सर्वोच्चको फैसला

काठमाडौं । आफ्नै बुबाले अपहरण गरी भारतबाट नेपाल ल्याएको दाबी गरिएकी बालिकालाई सर्वोच्च अदालतले बुबाकै जिम्मा लगाइदिएको छ । निजी अन्तर्राष्ट्रिय कानुन र प्राप्त कागजातका आधारमा बालिकाको जिम्मा बुबालाई नै लगाइदिएको हो । गत अप्रिल १५ मा भारतको नयाँ दिल्लीबाट अपहरणको शैलीमा सडक मार्ग हुँदै नेपाल ल्याइएकी मेहेर गोयललाई सर्वोच्च अदालतले बुबाको जिम्मा लगाइदिएको हो । भारतमा आमाको संरक्षणमा रहेकी बालिकालाई उनका बुबाले झुक्याएर नेपाल ल्याएका थिए ।

यसरी आफ्नो संरक्षणमा रहेकी छोरीलाई बालिकाको बुबाले झुक्याएर नेपाल ल्याई अमेरिका लैजान खोजेको भन्दै बालिकाकी आमा कनिका गोयल अपहरण तथा शरीर बन्धक र बन्दी प्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च अदालत आएकी थिइन् । करिब एक महिना चलेको उक्त मुद्दामा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै बालिकालाई उनकै बुबाको जिम्मा लगाउने फैसला गरेको हो ।

बालिका अमेरिकी नागरिक रहेको, अमेरिकाको अदालतले बालिकाको अभिभावकत्व जैविक पिता करण गोयललाई दिएको र नागरिकता पनि अमेरिकन नै हुने कागजात पेस भएको भन्दै अमेरिकी नागरिक रहेका बुबाको जिम्मा लगाएको हो । जेठ ६ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा। कुमार चुडालको संयुक्त इजलासमा परेको उक्त रिट हेर्दाहेर्दैमा राखिएको थियो । त्यसपछि जेठ ९ गते पेसीमा चढेको उक्त रिट जेठ ११ का लागि निसु ९निर्णय सुनाउने०मा राखिएको थियो । निसुमा रहेको उक्त रिटमाथि न्यायाधीशद्वय मल्ल र चुडालको इजलासले रिट खारेज गर्दै बुबाको संरक्षकत्वमा रहने र अमेरिका लैजान पाउने फैसला गरेको हो । यद्यपि बालिकालाई अमेरिका नलगेसम्म आमासँग दैनिक चार घण्टा भेटघाट गर्न पाउने गरी निर्देशनात्मक आदेश जारी गरिएको थियो ।

११ पृष्ठ लामो सर्वोच्चको संक्षिप्त आदेशमा मुख्यतः अपहरण गरिएको हो कि होइन, कानुनी दायित्व र अधिकार कसको छ र संरक्षकत्व कसलाई, किन दिने भन्ने सम्बन्धमा विवेचना गरिएको छ । सर्वोच्चको संक्षिप्त आदेशको प्रकरण ४।१५ मा बालिकालाई अपहरण गरी नेपाल ल्याएको कुरा पुष्टी नहुने दाबी गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);