खोटाङमा कोरोनाबाट २० महिनाकी बालिकासहित दुईको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खोटाङमा कोरोनाबाट २० महिनाकी बालिकासहित दुईको मृत्यु

खोटाङ । कोभिड-१९ को संक्रमणका कारण खोटाङमा २० महिनाकी बालिका र वृद्धको मृत्यु भएको छ ।

कोभिडबाट रावाबेँसी गाउँपालिका-२ खार्पाकी २० महिनाकी बालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका श्रेष्ठ थरका वृद्धको मृत्यु भएको हो ।

बालिकाको बुधबार बेलुका घरैमा र वृद्धको अस्थायी कोभिड अस्पताल दिक्तेलमा मृत्यु भएको हो । यससँगै जिल्लामा कोभिड संक्रमणका कारण मुत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

बुवाआमालाई संक्रमण भएपछि एन्टीजेन परिक्षण गर्दा बालिकालाई पनि संक्रमण पुष्टि भएको थियो । हरम्टारस्थित अस्थायी कोभिड अस्पतालमा पुर्याइए पनि निको नहुने भन्दै रेफर गरेपछि बुधबार बिहान घर ल्याइएकी बालिकाको बेलुका मृत्यु भएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

यस्तै, १५ भदौमा अस्थायी कोभिड अस्पताल दिक्तेलमा भर्ना भएका वृद्धको श्वास–प्रश्वासमा समस्या भएपछि मृत्यु भएको हो । कडा निमोनियाका कारण फोक्सोमा गम्भीर समस्या निम्तिएपछि वृद्धको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा। वैभव मल्लिकले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);