भदौ ९ गते देखि हराईरहेका प्रविण अझै भेटिएनन् | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भदौ ९ गते देखि हराईरहेका प्रविण अझै भेटिएनन्

श्याम गुप्ता,
बारा । पर्साको बिरगंज महानगरपालिका–३२ रामबन बस्ने प्रविण भट्टराई भदौ ९ गतेबाट हराएका छन् ।

नारायणघाटबाट भदौ ९ गते घर आउँने क्रममा बस चढेको तर, घर नआए पछि उनि हराएको परिवारका सदस्यहरुले बताएका छन् ।

नारायणघाटबाट बस चढेर आउँने क्रममा मकवानपुरको हेटौंडाबाट प्रविणको मोवाईल सुईच आफ भएको र खोजतलास गर्दै जाँदा प्रविन बिरगंजको बसपार्कमा जडान गरिएको सिसिटिभी क्यामरामा देखिएको तर, घर नआएको उनका दाजु प्रदिप भट्टराईले जानकारी बताए ।

उनले मोवाईल पनि सुईच अफ भएको र बसबाट जीतपुर ओर्लेर घर जानुको सट्टा बिरगंज पुगेको प्रविणका १९ वर्षिय भाईले बताएका छन् । प्रविनलाई खोज्न परिवारले पर्सा प्रहरीको सहयोग समेत लिएको छ । तर, पनि उनलाई अहिले सम्म पत्ता लगाउन नसकेको उनका दाजुको भनाई छ ।उनले आफ्नों भाईलाई देख्नेले नजिकको प्रहरी कार्यालय वा ९८६०९४५७७८, ९८६९२६०८२०, ९८१२२०६४६० मा फोन गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);