महोत्तरीका विद्यालय धमाधम खुल्न थाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

महोत्तरीका विद्यालय धमाधम खुल्न थाले

महोत्तरी महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन् ।कोभिड(१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको हो ।

संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो । स्थानीय सरकारले जोखिमको आँकलन गरेर विद्यालय सञ्चालन गर्न सक्छन्, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

टुटेश्वरनाथ माध्यमिक विद्यालयका प्रधानध्यापक अम्बर विक झन्डै ९० प्रतिशत विद्यार्थी राखेर पठनपाठन थालिएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);