वीरगञ्जमा ६५ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वीरगञ्जमा ६५ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु

नितेश कर्ण
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया निवासी ६५ वर्षीय वृद्धको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार गम्भीर किसिमको निमोनियाबाट पिडित वृद्धको श्वासप्रश्वासमा समस्या आउँदा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई बैशाख १६ गते उनको परिवारका सदस्यले अस्पताल भर्ना गराएका थिए । अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाबलाई परिक्षण गर्दा कोभिड पुष्टि भएको थियो ।

कोभिड पुष्टि भएसँगै उनलाई अस्पतालस्थित आईसीयू कक्षमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको डा. दासले बताए ।

वृद्धमा देखिएको निमोनियाका कारण उनको छातीको दुवै फोक्सोमा समस्या देखिएको डा. दासले जानकरी दिए ।

उनको मृत्युसँगै जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । मृत्यु भएकामध्ये वीरगञ्जको नारायणी अस्पतालमा ३० जनाको, नारायणी बयोधा अस्पतालमा ५ जना, नेशनल मेडिकल कलेजद्वारा सञ्चालित कोरोना अस्पतालमा ३ जना र गण्डक अस्पतालमा १ जनाको रहेका छन् ।

मृतक ३९ जनामध्ये पर्साका २८ जना, बाराका ७, सर्लाहीका २ जना, रौतहटका १ जना र एक जना भारतीय नागरिक रहेको श्रीवास्तवले जानकरी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);