क्वारेन्टाइन सकिएका नेपालीको उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

क्वारेन्टाइन सकिएका नेपालीको उद्धार

Uddar rahat

दार्चुला, १८ वैशाख । लकडाउनका कारण महिना दिनभन्दा बढी समयदेखि भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई बिहीबारदेखि स्वदेश ल्याउन थालिएको छ । लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार दुई देशका अधिकारीबीच सहमति भएपछि बिहीबार बिहानदेखि उद्धार सुरु गरिएको हो ।

दार्चुला, बैतडी, बझाङसहित १० जिल्लाका नेपालीहरुलाई भारतको धारचुला क्षेत्रबाट उद्धार गरिएको हो । नाका बन्द भएपछि रोकिएका नेपालीलाई दार्चुलाको सदरमुकामस्थित खलंगा र महाकाली नगरपालिका–९ दत्तु नाकाबाट उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बैतडी र बझाङका नागरिकलाई दत्तु नाका र दार्चुलासहित अन्य जिल्लाका भारतमा रहेका नेपाली नागरिकलाई खलंगा नाकाबाट उद्धार गरिएको छ ।

गत चैत १३ गतेदेखि भारत पिथौरागढको धारभुलाका पाँच क्वारेन्टाइनमा एक हजार ४० जना नेपाली एक महिनादेखि बसिरहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);