बुद्ध जयन्तीको पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बुद्ध जयन्तीको पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

buddha jayanti

काठमाडौं, १८ वैशाख । २५ सय ६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन् । लुम्बिनी विकास कोषले २५ सय ६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको हो ।

यस वर्ष २५ वैशाखका दिन वैशाख शूक्ल पूणिर्मा तथा बौद्ध जयन्ती मनाइदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडायनका कारण पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित गरिएको हो । कोषले उक्तदिन सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षु भिक्षुणी तथा लामा गुरुहरुबाट विश्व शान्तीको कामना गर्दै प्रार्थना र पूजा गरिने जनाएको छ ।

यसैगरी साँझ मन्दिर परिसरमा रहेको पुष्करणी पोखरीमा २५ सय ६४ दीप बालेर दिपावलप् गर्दै बुद्ध जयन्ती मनाइने छ । कोषले बौद्ध समुदाय लगायत सबैलाई सरकारद्वारा जारी निर्देशनको पालना गर्दे आआफ्नो स्थानमा सुरक्षित तरिकाले प्रार्थना एवं पाठपूजा गरी मनाउन अनुरोध गरेको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी गरेको थियो । । यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो । तर कोरोना संक्रमणका कारण ती सबै कार्यक्रम नहुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);