अछाम र कालिकोटका जनप्रतिनिधि सरकारी बजेटमा घुम्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अछाम र कालिकोटका जनप्रतिनिधि सरकारी बजेटमा घुम्दै

काठमाडौं, ५ चैत । अछाम र कालिकोटका जनप्रतिनिधिहरु सरकारी बजेटमा जिल्ला भ्रमणमा निस्किएका छन् । आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा अछाम र कालिकोटका जनप्रतिनिधि भ्रमणमा निस्किएका हुन् । जनप्रतिनिधि र कर्मचारीहरु सरकारी बजेटमा भ्रमणमा निस्कँदा सेवाग्राही मारमा परेका छन् ।

अछामको मंगलसेन नगरपालिकाका जनप्रतिनिधिहरु ६ लाख रकम लिएर भ्रमणमा हिँडेका हुन् । मंगलसेन नगरपालीकाका प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा वडा नम्बर २, ५, ६, ७, ८, ९, १०, का वडा अध्यक्ष भ्रमणमा निस्किएका छन् ।

कृषि क्षेत्रको बारेमा जानकारी लिन भन्दै जनप्रतिनिधिहरु पूर्वी जिल्लाको भ्रमणमा गएका हुन् । उता कालिकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाका जनप्रतिनिधिहरु पनि अध्यन भ्रमण भन्दै दैलेख, नेपालगन्ज पाल्पा लुम्बिनी र इलामको भ्रमण निस्किएका छन् ।

शुभ गाउँपालिकाको भ्रमण टोलीले २० लाख रुपैयाँ रकम लिएर अवलोकन भ्रमणमा गएको स्थानीयले आरोप लगाएका छन् । भ्रमण आवश्यक नरहेको भन्दै जनप्रतिनिधिले गाउँपालिकाको रकम दुरुपयोग गरेको स्थानीयको आरोप छ । जनप्रतिनिधिले भने विकासका काम सिक्नलाई भ्रमणमा निस्किएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);