अछामका अधिकांश स्थानीय तहले ऐन-कानुन बनाउन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अछामका अधिकांश स्थानीय तहले ऐन-कानुन बनाउन सकेनन्

सुशील भण्डारी, अछाम

अछाम, ३ वैशाख । स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष पूरा हुन लाग्यो । तर अछामका अधिकांश स्थानीय तहले ऐन कानुन बनाउन सकेका छैनन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कानुन बनाउन सहज होस भनेर नमुना कानुन पठाए पनि स्थानीय तहले ऐन बनाउन सकेका छैनन् ।

संविधानले स्थानीय तह संचालन सम्बन्धि कानुन बनाउने अधिकार स्थानीय तहलाई नै दिएको छ । तर अछामका अधिकांश स्थानीय तहले कानुन बनाउन सकेका छैनन् । कानुन बनाउन सहज होस भनेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नमुना कानुन स्थानीय तहलाई पठाएको छ ।

नमुना कानुनलाई गाउँ र नगरसभाले पास गर्न पनि सक्नेछन् । नमुना कानुनलाई परिमार्जन गर्न सक्ने अधिकार स्थानीय तहलाइ दिएको छ। तर स्थानीय तहले अहिलेसम्म कानुन बनाउन सकेका छैनन् ।

स्थानीय तहले कानुन बनाउन नसक्दा कामकाज प्रभावित भएको छ । जनप्रतिनिधिहरु नै अन्योलमा भएका कारण कानुन बनाउन नसकेको सरोकारवालाको भनाई छ ।

१ बर्षसम्म जनप्रतिनिधिले केहि काम गर्न नसकेको स्थानीयको गुनासो छ । जनप्रतिनिधिहरु कानुन बनाउनुको सट्टा भ्रमणमा निस्कने गरेका छन् । भ्रमण भन्दा पनि कामलाई प्राथमिकता दिन स्थनीयले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);