अछामका स्थानीय तहले ऐन कानून बनाउन सकेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अछामका स्थानीय तहले ऐन कानून बनाउन सकेनन्

isthiniya taha

सुशील भण्डारी,
अछाम, ३ बैशाख । स्थानीय तहमा जनप्रतिनिधि आएको एक बर्ष पूरा हुन लाग्यो । तर अछामको अधिकांश स्थानीय तहले ऐन कानून बनाउन सकेका छैनन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कानून बनाउन सहज होस भनेर नमूना कानून पठाएपनि स्थानीय तहले ऐन बनाउन सकेका छैनन् । संविधानले स्थानीय तह संचालन सम्बन्धि कानून बनाउने अधिकार स्थानीय तहलाई नै दिएको छ । तर अछामका अधिकांश स्थानीय तहले कानून बनाउन सकेका छैनन् । कानून बनाउन सहज होस भनेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नमूना कानून स्थानीय तहलाई पठाएको छ । नमूना कानूनालई गाउँ र नगरसभाले पास गर्न पनि सक्नेछन् ।

नमूना कानूनलाई परिमार्जन गर्न सक्ने अधिकार स्थानीय तहलाइ दिएको छ । तर स्थानीय तहले अहिलेसम्म कानून बनाउन सकेका छैनन् । स्थानीय तहले कानून बनाउन नसक्दा कामकाज प्रभावित भएको छ । जनप्रतिनिधिहरु नै अन्योलमा भएका कारण कानून बनाउन नसकेको सरोकारवालाको भनाई छ । १ बर्षसम्म जनप्रतिनिधिले केहि काम गर्न नसकेको स्थानीयको गुनासो छ । जनप्रतिनिधिहरु कानून बनाउनुको सट्टा भ्रमणमा निस्कने गरेका छन् ।

भ्रमण भन्दा पनि कामलाई प्राथमिकता दिन स्थनीयले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);