चोर पत्ता लगाउने, फोन गरेर खाना पकाउने लगायतका उपकरण आविस्कार | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

चोर पत्ता लगाउने, फोन गरेर खाना पकाउने लगायतका उपकरण आविस्कार

baigyanic

रुकुम, ३ बैशाख । रुकुम पश्चिमका बसन्त ओलीले इलेक्ट्रिक सामग्रीको सहयोगमा घरमा पसेको चोर पत्ता लगाउने, फोन मर्मत र खाना पकाउन सकिने उपकरणको आविस्कार गरेका छन् ।

मुसिकोट नगरपालिका ११ का बसन्त ओलीले ४० भन्दा बढी उपकरणको आविस्कार गरेका छन् । इलेक्ट्रोनिक इन्जिनियरमा अध्ययनरत २१ वर्षिय ओलीले एक बर्षको अवधिमा ४० बढि उपकरण आविस्कार गरेका छन् ।

फोन मार्फत जुनसुकै ठाउँमा रहेर पनि राईस कुकरमा खाना पकाउन सकिने र अन अफ गर्न सकिने उपकरणको आविस्कार गरेका छन् । त्यस्तै उनले घरमा कोही नभएको बेला चोर पसेको पत्ता लगाउन सकिने, सेक्युरिटी सिस्टम, वाटर सेल्सर, पाँच मिटर टाढाबाट बत्ति अन अफ गर्न सकिने उपकरण पनि निर्माण गरेका छन् ।

ओलीले टिभीको रिमोटबाट बन्द ढोका खोल्न सकिने, ताली बजाएर बत्ति अन अफ गर्न सकिने तथा पानीको सतह समेत पत्ता लगाउने उपकरणको आविस्कार गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);