फोन गरेर भात पकाउन आदेश दिने उपकरण | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

फोन गरेर भात पकाउन आदेश दिने उपकरण

Basanta Oli

रुकुम, १० चैत । फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, रुकुम(पश्चिम)का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् । सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् ।

दाङको पद्मोदय नमुना माविमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्यनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् । ओलीका अनुसार यस उपकरणले राइसकुकर मात्र नभई सम्पूर्ण विद्युतीय उपकरण खोल्न र बन्द गर्न मिल्छ ।

दुई वर्षअगाडि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यो उपकरण बनाएको ओलीले बताए । ‘दुई वर्षअघि एकजना सरले व्यक्त गरेको त्यो भनाइले मभित्र एक किसिमको उत्साह पैदा भयो,’ ओलीले भने, ‘त्यसपछि यस्तो पनि सम्भव होला त भनेर दिनरात सोच्न थालेँ । अहिले आएर सरले भनेकैजस्तो उपकरण बनाउन सफल भएँ ।’

यो खबर आजको नयाँ पत्रीकामा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);