निर्मलाको परिवारमा राहत लिने वा नलिने विषयमा घरझगडा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

निर्मलाको परिवारमा राहत लिने वा नलिने विषयमा घरझगडा (भिडियोसहित)

यज्ञराजले गरे श्रीमतीमाथि हातपात :

कञ्चनपुर, २६ पुस । बलात्कारपछि गत साउन ११मा मृत फेला परेकी निर्मलाको न्यायका लागि देशैभर धेरै आन्दोलन भए । निर्मलाको परिवार पनि गत कात्तिक १५ देखि छोरीका लागि न्याय माग्दै कञ्चनपुरमा धर्नामा छ । तर, यतिवेला निर्मलाका परिवारमा नयाँ समस्या आएको छ ।

आमा दुर्गादेवीले छोरी निर्मलाको न्यायका लागि धर्नामा बस्दा हैरानी भएको र अझै न्याय पाउन कति समय लाग्ने भन्ने निश्चित नभएकाले सरकारले दिने राहत स्विकार गर्ने निर्णय गरेकी थिइन् । यही विषयलाई लिएर निर्मलोको परिवारमा अहिले घर घरगडा सुरु भएको छ ।

गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई तीनै तहका सरकारले घोषणाका गरेको राहत १८ लाख रुपैयाँ पुगेको थियो । तर, निर्मलाका परिवारले न्याय नपाउँदासम्म नलिने घोषणा गरेर धर्ना बसिरहेका थिए ।

निर्मला पन्तकी आमा दुर्गादेबी पन्तले राहत बुझ्ने निर्णय गरेपछि बाबुयज्ञराजले कुटपिट गर्न थालेका छन् । आफ्नो घरको भान्सामै काम गर्दा समेत श्रीमानले कुटपिट गरेपछि दुर्गादेवी भात पकाउन छाडेर भाग्नु पर्ने अवस्था आएको छ । प्रेसर कुकरमा बसालेको भात भाँडोसहित जल्दा समेत यज्ञराजले दुर्गादेवीलाई कुटपिट गर्न नछाडेपछि दुर्गादेवी भागेर सुरक्षा माग गर्न पुगेकी छन् ।

यज्ञराजले न्याय नपाउँदासम्म राहत नलिने निर्णयमा अडिक नरहेको भन्दै दुर्गादेवीमाथि कुटपिट गरेका छन् । तर, दुर्गादेबीले न्यायका लागि हारगुहार गरेर थाकेपछि राहत रकम बुझ्ने निर्णय गरेको बताउँछिन् ।

दुर्गादेवीले सुरक्षा माग गरेपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले यज्ञराजले खोसेको उनको मोवाइल फिर्ता दिएको छ । बाबु यज्ञराज र कान्छी आमा लक्ष्मीले घरपरिवारसँग सल्लाह नै नगरि अरुले उक्साएको भरमा राहत बुझ्न राजी भएको भनेर दुर्गादेवीमाथि दुर्व्यवहार गरिरहेका छन् । उनीहरुले अहिले पनि धर्नामै बसेका छन् र निर्मलाका हत्यारा पत्ता नलागुन्जेल राहत नबुझ्ने अडान राखेका छन् ।

निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तले हत्यारा पत्ता लगाउन नजिक पुगेको बेला राहत दिएर हत्यारालाई बचाउन खोजेको आरोप लगाइन् । उनले डा. गोबिन्द केसी पनि अनसनमा बसेकाले फागुनसम्म राहत नबुझ्न दुर्गादेवीलाई आग्रह गरेकी छन् ।

राहत नबुझेर धर्नामा बसेर सरकारलाई दवाव दिने यज्ञराजको निर्णय पनि आफैमा गलत छैन । तर, व्यवहारिक समस्याका अगाडी नीतिगत निर्णयहरु कमजोर हुन्छन् । बाँचेका छोराछोरी नैं समस्यामा परेपछि दुर्गादेवीले लिएको निर्णयबाट धर्ना र न्याय माग्ने आन्दोलन रोकिन्छ भन्ने हुँदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);