निर्मलाका परिवारको धर्नामा ऐक्यबद्धता जनाउन डा. केसी कञ्चनपुरमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मलाका परिवारको धर्नामा ऐक्यबद्धता जनाउन डा. केसी कञ्चनपुरमा

govinda kc

पुष्कर भट्ट
कञ्चनपुर, ११ मंसिर । छोरीको न्यायको माग राख्दै अनिश्चितकालिन धर्ना वसेका निर्मला पन्तका परिवारलाई भेट्न चिकित्सक गोविन्द केसी कञ्चनपुर आइपुगेका छन् । निर्मला पन्तको हत्या भएको लामो समय भईसक्दा पनि हत्यारा सार्वजनिक नभएपछि डाक्टर केसी आफन्तले शुरु गरेको धर्ना कार्यक्रमलाई ऐक्यवद्धता जनाउन कञ्चनपुरमा आएका हुन् ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ४ महिना पुरा भएको छ । तर, हत्यारा अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । निर्मलाको आमा बुवा र आफन्तले छोरीको न्यायको माग राख्दै कञ्चनपुर जिल्ला प्रशासनको अगाडि अनसन बस्दै आईरहेका छन्् ।

अहिले निर्मला पन्तको बुवाको मानसिक स्थिती खराब भएका कारण उपचारको लागि काठमाडौंको टिचिङ्गमा भर्ना गरिएको छ । निर्मलाको आमा पनि काठमाडौंमा छिन् । तर, श्रीमानले शुरु गरेको अनसनलाई उनकी कान्छी श्रीमतीले पनि निरन्तरता दिएकी छन् । उक्त धर्ना कार्यक्रमलाई एकबद्धता जनाउन डाक्टर गोबिन्द के.सी. काठमाडौंबाट कञ्चनपुर आएका हुन् ।

अहिलेको सरकार बहिरो
निर्मलाका परिवारलाई भेटेपछि डाक्टर केसीले अहिलेको सरकारलाई बहिरोको संज्ञा दिंदै मुक दर्शक भएर बसेको आरोप लगाए । उनले प्रमाण लुकाउने सबैलाई जेलमा हाल्नु पर्ने तर्क गरेका छन् ।

साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तको ११ गते उखुवारीमा मृत्य अवस्थामा शव भेटिएको थियो । वलात्कारपछि हत्या गरिएको भन्दै सरकारले छानविन समिती गठन गरेको छ । तर, हत्यारा अझै सार्वजनिक भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);