'सरकार भेटियो न्याय भेटिएन' भन्दै पोष्टर टाँसेर दवाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘सरकार भेटियो न्याय भेटिएन’ भन्दै पोष्टर टाँसेर दवाव

निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा आन्दोलन जारी

पुष्कर भट्ट
कञ्चनपुर, १४ मंसिर । निर्मला पन्त प्रकरणमा सलंग्न अपराधी अझै सार्वजनिक नगरेको भन्दै कञ्चनपुरवासीले सरकारको विरोध स्वरुप सरकार भेटियो न्याय भेटिएन भन्दै सडक भित्ता र पोलहरुमा पोष्टर टाँसेका छन् ।

राजधानी सडक छेउका पोलहरुमा प्रधानमन्त्री केपी ओलीको पोष्टर उप्काउँदै निर्मला पन्तको फोटो झुण्ड्याउने माथि कार्बाही भइरहेका बेला कञ्चनपुरबासीले विरोधको त्यही शैली अपनाएका हुन् ।

योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सरकारले नयाँ युगको सुरुवात भन्दै राजधानीको अधिकांश विद्युत पोलहरुमा सरकारले प्रधानमन्त्री केपी ओलीको तस्वीर झुण्डाएको छ ।

विद्युत पोल र भित्ताहरु ओलीमय भएका बेला निर्मला पन्तको हत्यारा सार्वजनिक नगरेको भन्दै सर्वसाधारणले प्रधानमन्त्री ओलीको तस्वीरमाथि निर्मलाको तस्वीर टाँसे । न्यायको खोजी गर्दै स्वस्फुर्त संलग्न भएका दर्जनौँलाई धरपकड गर्दा निर्मलाको गृहजिल्ला कञ्चनपुरमा भने स्थानियले निर्मला पन्तको न्यायको माग गर्दै पोष्टर टाँस्ने अभियान नै संचालन गरेका छन् ।

साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तलाई सरकारले न्यायको अनुभुति दिन नसकेको भन्दै कञ्चनपुरका अधिकारकर्मी, स्थानिय वासिन्दा र निर्मलाका आफन्तले आज कञ्चनपुर जिल्ला प्रशासनको मुलगेट सहित भीमदत्त नगरपालिकाको बजार क्षेत्रमा सरकार भेटियो न्याय भेटिएन भन्ने पोष्टर टाँसेर सरकारलाई दवाव दिन थालेका छन् ।

काठमाडौँमा प्रहरी परिचालन गरेर बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका पोष्टर हटाउँदा महेन्द्रनगर बजार तिनै पोष्टरले रंगिएको छ । हत्यारालाई पक्राउ गरी कारवाहीको माग गर्दै आज दिउँसो निर्मलाकी दिदी मनिषा र महिला अधिकारकर्मीको टोलीले निर्मलाको तस्विर अंकित पोष्टर महेन्द्रनगरका चोक चोकमा टाँसेका छन् ।

बहिनीको हत्या भएको चार महिना वितिसक्दा पनि अपराधी सार्वजनिक नभएपछि सरकारप्रति आक्रामक बनेका निर्मलाका परिवार यतिबेला आन्दोलनको फरक स्वरुपमा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको पोष्टर पोल पोलमा टाँगीएपछि सरकारी प्रचारको धज्जी उडाइएका बेला व्यंग्यात्मक शैलीमा सरकारको ध्यान प्रचारमा नभई न्याय दिलाउनमा केन्द्रीत गराउन पोष्टर टाँगिएको स्थानीयको भनाई छ । निर्मला पन्तले न्याय नपाउँदासम्म आफुहरु निरन्तर आन्दोलनमा रहने नागरिक सघर्ष समितिको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);