निर्मलाको न्याय माग्दै ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै रौतहटमा बिशाल र्याली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्मलाको न्याय माग्दै ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्दै रौतहटमा बिशाल र्याली

nirmalapanta

काठमाडौं, १८ मंसिर । चार महिना अघि कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्याय माग्दै रौतहटको चन्द्रनिगाहपुरमा बिशाल र्याली निकालिएको छ ।

चपुर स्थित जनज्योति बहुमुखी क्याम्पस र माध्यमिक बिद्यालयका बिद्यार्थीले चन्द्रनिगाहपुरमा नीर्मला पन्तलाई न्याय दे भन्दै जनप्रदर्शन गरेका छन । उनीहरुले चोक– चोकमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु टाँसेका छन् ।

पर्दशनमा सहभागीहरुले देशमा हत्या, हिसा, बलात्कारका घटना बढ्दै गएपनि सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै आचोचना समेत गरे । निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । तर, चार महिना वितिसक्दा पनि हत्यारा पता लाग्न नसकेपछि देशभरनै न्यायको माग राख्दै आन्दोलन भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);