सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता दुवैको भविष्य सुनिश्चित : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८३, सोमबार

सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता दुवैको भविष्य सुनिश्चित : मन्त्री विष्ट

काठमाडौं, ११ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिक र रोजगारदाता दुवैको  भविष्य सुरक्षित र सुनिश्चित गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा बोल्दै उनले यो योजनाले श्रमिकहरुलाई मर्यादित तथा सम्माजनक ढंगले जीवन यापन गर्ने महत्वपूर्ण अवसर सृजना गरिदिएको बताए ।

मन्त्री विष्टले यो योजनाले कामको गुणस्तर बढ्न गई मुलुकलाई समृद्ध बनाउन योगदान दिने पनि विश्वास व्यक्त गरे । यो योजनाले उत्पादनको काममा बढोत्तरी हुने उल्लेख गर्दै त्यसले रोजगारदाता कम्पनीको भविष्यलाई पनि सुनिश्चित गरि दिने मन्त्री विष्टको भनाई छ ।

मन्त्री विष्टले स्वरोजगारीमा रहेका व्यक्ति, अनौचारिक क्षेत्रमा शारिरीक तथा बौद्धिक श्रम गर्ने श्रमिकलाई पनि यो योजनाले समेटने स्पष्ट पारे ।