कांग्रेसले चक्र बास्तोलाकी पत्नीलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

कांग्रेसले चक्र बास्तोलाकी पत्नीलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने

nepali congress

काठमाडौं, ११ मंसिर । नेपाली काँग्रेसले पार्टीका स्वर्गीय नेता चक्र बास्तोलाकी पत्नी कुसुम बास्तोलालाई केन्द्रिय सदस्यमा मनोनित गर्ने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता बास्तोलाकी श्रीमति कुसुमलाई संघर्षशील नारीको संज्ञा दिँदै पार्टी केन्द्रिय सदस्यमा मनोनित गर्ने घोषणा गरेका छन् ।

नेता बास्तोलाको निधन भएको ४५ औं दिनको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले कुसुम बास्तोला जस्तो संघर्षशील महिलालाई पार्टीको जिम्मेवारी दिने निर्णयमा कसैको पनि विरोध नहुने बताए ।

सभापति देउवाले मष्तिष्क घातबाट थलिएका नेता बास्तोलालाई स्याहार गरेर कुसुम बास्तोलाले एउटा साहसिक र संघर्षशील नारीको आफ्नो पहिचानलाई अझै उँचो बनाएको स्मरण गरे ।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराले स्वर्गीय चक्रप्रसाद बाँस्तोलासंग पहिलो पटक भारतमा भेट भएको स्मरण गर्दै माओवादीलाई शान्ति प्रकृयामा ल्याउने र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउनका लागि ठूलो भूमिका निर्वाह गरेको बताए ।

बांस्तोलासँग राजनीतिको विश्लेषण गर्ने क्षमता भएको बताउँदै राजनीतिका धेरै सूचनाहरुलाई गहिराइमा पुगेर निष्कर्ष निकाल्नु हुने क्षमता भएको उनको भनाइ थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);