अनिश्चितकालिन धर्ना तोड्दै निर्मलाका अभिभावक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

अनिश्चितकालिन धर्ना तोड्दै निर्मलाका अभिभावक

dharna toddai nirmala pant

कञ्चनपुर, ८ फागुन । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको करिब सात महिना पुगेको छ । छोरीको हत्यारा सार्वजनिक गर्न माग राख्दै तीन महिनादेखि धर्नामा रहेका निर्मलाका अभिभावकले फागुन १० देखि धर्ना स्थगन गर्ने भएका छन् । निर्मलाका बुवाको स्वास्थ्य अवस्था ठिक नभएकोले धर्ना स्थगन गर्ने निर्णयमा पुगेको परिवारले जनाएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको पनि करिब सात महिना पुगेको छ । छोरीको हत्यारा सार्वजनिक गर्न माग राख्दै एक सय ५ दिनदेखि प्रशासनको मुल गेट अगाडि अनिश्चितकालिन धर्नामा रहेका निर्मलाका अभिभावकले फागुन १० देखि धर्ना स्थगन गर्ने भएका छन् । उनीहरुले गत कार्तिक २५ गतेबाट न्यायको माग गदै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका हुन् । निर्मलाका बुवा यज्ञराज पन्तले स्वास्थ्यमा प्रतिकूल असर परेकाले उपचारका लागि धर्ना स्थगन गर्न लागेको बताएका छन् ।।

पन्तलाई थाईराइड र मानसिक समस्या देखिएको छ । यसअघि यज्ञराज पन्तले दुई पटक बिरामी परेर त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर फर्किएका थिए । त्यस्तै निर्मलाकी कान्छी आमा लक्ष्मीदेवीको पनि स्वास्थ्यमा समस्या देखिएको छ । उपचारपछि छोरीको न्यायका लागि पुनः आन्दोलन अगाडि बढाउने निर्मलाकी कान्छी आमा लक्ष्मी देवी पन्तले बताएकी छिन् ।

पन्त परिवारले छोरीको हत्यारा तत्काल पत्ता लगाई कानूनी कारवाही गर्न माग गरेका छन् । साथै आफूले न्याय नपाएसम्म दवाबमुलक आन्दोलन जारी रहने उनीहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);