कञ्चनपुरका महिला आँखामा कालोपट्टी बाँधेर सडकमा सुते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कञ्चनपुरका महिला आँखामा कालोपट्टी बाँधेर सडकमा सुते

पुस्कर भट्ट

कञ्चनपुर, १८ मंसिर । छोरीको न्यायको माग राख्दै धर्ना वसेकी निर्मला पन्तकी कान्छी आमा संगै कञ्चनपुरका महिलाहरु आँखामा कालोपट्टी बाँधेर मंगलवार सडकमा सुतेका छन् । विगत २६ दिन देखि अनसन बसेपनि सरकारले कुनै चाँसो नदिएको भन्दै कालोपट्टी बाँधेर सडकमा सुतेका हुन् ।

छोरीको न्यायको माग राख्दै धर्ना वसेकी निर्मला पन्तकी कान्छी आमासंगै कञ्चनपुरका महिलाहरु आँखामा कालोपट्टी बाँधेर मंगलवार सडकमा सुतेका छन् । बिगत २६ दिनदेखि त्रिपालमुनी बसेर २४ घण्टे धर्नामा बस्दा समेत सरकारले कुनै पनि चाँसो नदेखाएको भन्दै उनीहरु आँखामा कालोपट्टी बाँधेर सडकमा सुत्नु परेको निर्मलाकी कान्छीआमा लक्ष्मी देवी पन्तले बताईन ।

निर्मलीकी कान्छी आमासंगै धर्ना वसेका अधिकारकर्मीले हत्या भएदेखि न्याय माग्दै आएपनि सरकारले नसुनेको अरोप लगाए । उनीहरुले यो सरकारलाई वहिरोको संज्ञा दिदै आँखा, कान खोलोस् भनेर यसरी सडकमा सुत्नु वाध्य हुनु परेको बताए ।

नागरिक संघर्ष समितीले शुरु गरेको धर्ना कार्यक्रमलाई कञ्चनपुरका सम्पुर्ण नागरिकले ऐक्यबद्धता जनाएका छन् भने जिल्ला बाहिरबाट पनि धर्नालाई ऐक्यबद्धता जनाउनेको ओहिरो छ ।

सोमवार मात्रै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालको टोलीले धर्ना स्थल कञ्चनपुर पुगेर ऐक्यबद्धता जनाएको थियो । प्रतिष्ठानका महासचिव सुभाष केसीले सरकारले निर्मलाको हत्यारालाई पत्ता लगाएर चाँडो भन्दा चाँडो सार्वजनिक गर्न माग समेत गरे ।

निर्मलाको हत्या भएको चार महिना पुरा भएको छ । तर, प्रहरीले हत्यारा सार्वजनिक गर्न सकेको छैन । अहिले निर्मलाका लागि कञ्चनपुर सहित देशभर विरोध प्रर्दशन भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);