आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै बार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै बार

nepal-bar

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिने भएको छ ।

बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो ।  आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);