सरकारले भूकम्पसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संग्राहलय निर्माण गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारले भूकम्पसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संग्राहलय निर्माण गर्ने

sushil gyawali

काठमाडौं, २६ पुस । सरकारले भूकम्पसम्बन्धि अन्तर्राष्ट्रिय स्तरको संग्राहलय स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धि संग्राहलय बनाउने तयारी गरिएको जानकारी गराएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संग्राहलय पुनर्निर्माणको चरणमा रहेको बताउनु भयो । संग्रहालय विश्व सम्पदा धरहरा परिसरमै स्थापना गरिनेछ । प्राधिकरणले गोरखा र सिन्धुपाल्चोकमा भूकम्प स्मृति पार्क स्थापनाको कामलाई अघि बढाएको पनि जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रतिरोधि भवन निर्माणका लागि सबै स्थानीय तहमा जोखिम विपद् नक्सांकन कार्य अघि बढाइएको बताउनु भयो । उहाँले २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता पनि दोहोर्‍याए । प्राधिकरणले हालसम्म १ खर्व ६८ अर्व रुपैयाँ पुनर्निर्माणमा खर्च गएको पनि समितिलाई जानकारी गराएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हालसम्म सम्झौता भएको रकम २ खर्व ६२ अरव रहेकोमा पुनर्निर्माणमा १ खरव ६८ अरव खर्च भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);